cropped-canLogoUpdated.png

विशेष साधारण सभा सम्बन्धी सुचना

मिति २०७९।१२।२७: नेपाल क्रिकेट संघको विधान बमोजिम संघको विशेष साधारण सभा यही २०८० साल बैशाख १९ गते काठमाण्डौमा आयोजना गरिने भएको हुँदा उक्त विशेष साधारण सभामा संघको विधान बमोजिम संघका केन्द्रिय सदस्यहरु, संघ मातहतका प्रादेशिक क्रिकेट संघ एवं जिल्ला क्रिकेट संघहरुका प्रतिनिधी सदस्यहरु लगायत अन्य सदस्यहरुको उपस्थितिका लागि यो सुचना प्रकाशित गरिएको छ ।

विशेष साधारण सभाका एजेण्डाहरुः-

  • नेपाल क्रिकेट संघको विधान २०५५ (तेश्रो संशोधन),२०७५ संशोधन सम्वन्धमा ।
  • प्रादेशिक संघ र जिल्ला क्रिकेट संघको विनियमावली सम्वन्धमा ।
  • कर्मचारी विनियमावली सम्वन्धमा ।
  • विविध विषयमा संघको विधानको परिच्छेद ५ को धारा ११(ण) बमोजिम थप विषयहरुमा प्रतिनिधीहरुलाई जानकारी गराईनेछ ।

कार्यक्रम तालिकाः-

मितिः- २०८०।०१।१९ गते ।

समयः- विहान १०.०० बजे

स्थानः- Hotel Yellow Pagoda, कान्तिपथ, काठमाण्डौ ।

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on skype

Leave a Reply